आइतबार, फाल्गुन ११ २०८१    
Galaxy Khabar
SKIP THIS

शेयर बजार २ हजार ७ सय ५५ विन्दुमा, ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ११ २०८१
  • शेयर बजार २ हजार ७ सय ५५ विन्दुमा, ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार

    काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७ सय ५५ दशमलव ४० विन्दुमा पुगेको छ ।

    आज बैंक, लगानी, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज अन्य समूहको शेयर ३ दशमलव ७२, उत्पादन समूहको शेयर २ दशमलव ७८ प्रतिशतले उकालो लागेको छ ।

    आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिलायन्स फाइनान्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ११ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    शेयर बजारमा झन्डै ३ हप्तापछि साढे ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यसअघि गएको माघ २१ गते ११ अर्ब ७१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार