
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।
आज साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरुमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
