
काठमाडौं । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ ।
सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए ।
प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताए । भौतिक रुपमा पु¥याउन नसकिने ठाउँमा प्रविधिमार्फत गोरखापत्र राइजिङका सेवाहरु बिस्तारित गर्न सफल भएको बताए ।
गोरखापत्र संस्थानलाई समय सुहाउँदो बनाउन डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अबको भविष्य डिजिटलबाटै सम्भव रहेको बताए ।
उनले गोरखापत्रको छापा माध्यमको महिला डिजिटल भएपनि नमर्ने बताए । डिजिटल माध्यमबाट गोखरापत्रलाई अघि बढाउनुपर्ने बताए । डिजिटल प्लेटमर्फको विकास, बिस्तार र सुदृढिकरणलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले डिजिटलले परम्परागत छापा माध्यमलाई सहजीकरण गरेको बताए ।
अब छापा माध्यमलाई डिजिटल माध्यमको सहयोग जरुरी रहेको बताए । डिजिटल माध्यमलाई अझ सबल, सक्षम र प्रभवकारी बनाउन लगानी बढाउन जरुरी रहेको बताए ।
गोरखापत्र संस्थानले २०५३ फागुन १२ गतेदेखि डिजिटल यात्रा शुरु गरेको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
