सोमबार, फाल्गुन १२ २०८१    

त्रिभूवन विश्वविद्यालय ऐन बनाउँदा विचार नपुर्याउँदा सहायक कानूनहरु धेरै बनाइएः संविधान सभा सदस्य विडारी

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन १२ २०८१
  • त्रिभूवन विश्वविद्यालय ऐन बनाउँदा विचार नपुर्याउँदा सहायक कानूनहरु धेरै बनाइएः संविधान सभा सदस्य विडारी

    काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल शुरु गरेको छ ।

    सोमवार सिंहदरबारमा बसेको समिति बैठकले त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि विज्ञहरुसँग छलफल गरेको हो ।

    छलफलमा बोल्दै संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले ऐन बनाउने क्रममा भएका कमजोरीहरुलाई सुधार गर्नेगरी अध्ययन प्रतिवेदन आएको बताएका छन्। उनले ऐन बनाउने समयमा विचार र ढंग नपुर्याउँदा प्रभावकारी बन्न नसकेको बताए ।

    उनले त्रिभूवन विश्वविद्यालय ऐनमा ३५ वटा विनियम, १६ वटा कार्यविधि, १७ वटा निर्देशिका र १९ वटा कार्यप्रणाली बनाइएको उल्लेख गरे । कानून बनाउने पूर्ण अधिकार संसदको भएपनि सहायक कानूनहरु अन्य कुनै निकायले बनाउने देखिएको उनको तर्क छ ।

    उनले भने, ‘त्रिभूवन विश्विद्यालय ऐन २०४९ मा बन्यो । यो ऐन बनाउने बेलामा अहिलेका मानीयहरु सांसद हुनुहुन्थ्यो । तर कोही न कोहीले त बनाएकै हो । जसरि सरकारको नियमितता हुन्छ संसदको पनि हुन्छ । त्यसकारण अहिले हामी त्रिभूवन विश्वविद्यालय ऐन चाहीँ नियमित रुपमा पालना गरिराखेका छौँ । यो ऐन बनाउँदाखेरि विचार नपु¥याइएको, ढंग नपु¥याइएको र सांसदहरु सक्रिय नभएको कारणले गर्दा अहिले आएको प्रतिवेदनमा लाज लाग्ने कुराहरु छन् । त्यस ऐनअन्तर्गत ३५ वटा त विनियम बनाइएका छन् । १६ वटा कार्यविधि, १७ वटा निर्देशिका, १९ वटा कार्यप्रणाली बनाइएका रहेछन् । सांसदहरुले यस्तो काम गरे भनेर जनतामा गयो गने सांसदहरुलाई गाली गर्छन् कि गदैनन् । कानून बनाउने अधिकार संसदले लिएर बस्ने तर एउटा भएको कानूनको सहायक कानूनहरु चाहीँ यति धेरै हुने । कानून त अर्कै निकायले बनाउने रहेछ भन्ने कुरा यस प्रतिवेदनले देखाएको छ ।’

    बैठकमा बोल्दै समिति सभापति मायाप्रसाद शर्माले ऐनसँग सम्बन्धित प्रत्यायोजित विधायनहरुको तर्जुमा गर्दा प्रत्यायोजित विधायनका मान्यताहरुको उल्लङ्घन गरिएको बताएका छन् । उनले संशोधित प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको सम्बन्धमा संसद जानकारी नगराएको समेत बताए । उनले प्रत्योजित विधायन नियन्त्रणका लागि उक्त प्रतिवेदनले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

    समितिले त्रिभुूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी छलफल गरि प्रतिवेदन संसदमा पठाउने जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार