मंगलबार, फाल्गुन १३ २०८१    
Galaxy Khabar
SKIP THIS

नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन १३ २०८१
  • नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड

    काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सभाले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।

    कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताए।

    पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल—इटाली व्यापार प्रवद्र्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताए । साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

    सङ्घका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदुत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार