
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ ।
विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक एजेन्सी–वित्त पोषित फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधाहरूको लागि योजना बनाएको छ ।
एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागद्वारा सरकारी सुधारको लागि एक प्रमुख लक्ष्य भएको बताइएको छ ।
अमेरिकी मिडियाबाट अघिल्ला रिपोर्टहरू अनुसार ट्रम्प प्रशासनको लक्ष्य युएसएर्आइडीको विश्वव्यापी कार्यबललाई १० हजार भन्दा बढीबाट ३०० भन्दा कममा घटाउनु थियो। जुन ९७ प्रतिशतले कमी हो ।
साथै बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ । चार हजार २०० कर्मचारीलाई बिदा दिइएको हो । यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने स्पष्ट छैन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
