मंगलबार, फाल्गुन १३ २०८१    

स्याङ्जामा पूर्वराजा ज्ञानेन्द्र शाह पुग्दा समर्थकहरूले भने- ‘राजा आउ देश बचाऊ’

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन १३ २०८१
  • स्याङ्जामा पूर्वराजा ज्ञानेन्द्र शाह पुग्दा समर्थकहरूले भने- ‘राजा आउ देश बचाऊ’

    काठमाडौं । स्याङ्जाको वालिङमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले ‘राजा आउ देश बचाउ’को नारा लगाएका छन् ।

    कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेका पूर्व राजा ज्ञानेन्द्रलाई वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका हुन् ।

    पूर्व राजा ज्ञानेन्द्रलाई हेर्नका लागि सयौँको सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो ।

    उनी आफ्नी बहिनी र छोरीका साथ स्याङ्जा पुगेका हुन् । मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि उनी फर्किने बताइएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार