मंगलबार, फाल्गुन १३ २०८१    

विकासको गति तिब्र पारेका छौँः प्रधानमन्त्री ओली

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन १३ २०८१
  • विकासको गति तिब्र पारेका छौँः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले केही भएको छैन भन्नेकुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताए। उनले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए ।
    उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको बताए । देशमा सुशासन र विकासको गति तिब्र बनाउन सरकारले काम गरिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टीहरु मिलेर, देश धेरै अफ्ठ्यारोमा पर्यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ । यो विकास र सुशासन भनेको के हो भन्दा शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यि सबै कुरामा विकास हुनुपर्छ । विज्ञान प्रविधिले गरेका उपलब्धीहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ । २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् ।’

    प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार