बिहिबार, फाल्गुन १५ २०८१    
Galaxy Khabar
SKIP THIS

बर्दियामा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन १५ २०८१
  • बर्दियामा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    काठमाडौं । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

    बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार