बिहिबार, फाल्गुन १५ २०८१    

शेयर बजार ६ महिनापछि २८ सय विन्दुमाथि

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन १५ २०८१
  • शेयर बजार ६ महिनापछि २८ सय विन्दुमाथि

    काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आज शेयर बजार उच्च अङ्कले बढेको छ । गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो ।

    आज शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८ सय ३० विन्दुमा पुगेको थियो ।

    आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।

    आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको मङ्गलवार ९ अर्ब ९० करोडको शेयर कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार