शुक्रबार, फाल्गुन १६ २०८१    
Galaxy Khabar
SKIP THIS

सिन्धुपाल्चोकमा भूकम्पपछि २४ ओटा पराकम्प

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • सिन्धुपाल्चोकमा भूकम्पपछि २४ ओटा पराकम्प

    काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ बजे यता २४ वटा परकम्प गएका छन् ।

    आज विहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गयो थियो।

    त्यसपछि बिहान साढे ७ बजेसम्म साढे चार घण्टाको अवधिमा २४ वटा पराकम्पन आएका थिए । तर त्यसपछि भने साना पराकम्पन एउटा पनि नआएको बताइएको छ ।

    जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

    जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार