शुक्रबार, फाल्गुन १६ २०८१    

एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

    काठमाडौँ । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ ।

    बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो ।

    स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए। अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताए ।

    निजी क्षेत्रले शुरु गरेपनि स्टेडियम सरकारकै सम्पती भएको उनले बताए। विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताए । उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए ।

    बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताए । आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताए ।

    उनले भिआईपी बिल्डिङ निर्माणाधिन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए । प्याराफिट बनाउने काम बाँकी रहेको बताए । उनले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताए ।

    अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिवद्धता जनाए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार