शुक्रबार, फाल्गुन १६ २०८१    
Galaxy Khabar
SKIP THIS

सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक, यी विषयमा छलफल हुने

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक, यी विषयमा छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

    बैठक आफ्नै निवास बूढानीलकण्ठमा आज अपराह्न ४ बजेका लागि बोलाएका हुन् ।

    बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुनेछ ।

    बैठकमा संसद्मा पेस भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेन्डा रहेको बताइएको छ ।

    कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार