शुक्रबार, फाल्गुन १६ २०८१    

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’को पहिलो दिनको कमाई कति ?

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • ‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’को पहिलो दिनको कमाई कति ?

    काठमाडौं । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिचर फिल्म ‘लाज शरण’लाई दर्शकको राम्रो साथ मिलेको छ ।

    बुधबारबाट प्रदर्शनमा आएको फिल्मलाई दर्शकले मन पराउँदा पहिलो दिन एक करोड १० लाख ग्रस कलेक्सन गरेको छ । चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ ।

    अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला , प्रियाना आचार्य लगायतका कलाकारले अभिनय रहेको फिल्म कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

    फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार