शुक्रबार, फाल्गुन १६ २०८१    
Galaxy Khabar
SKIP THIS

महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ ।

    भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो । बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ ।

    कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो । महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ । कोषले साधु सन्तहरूलाई आज दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो ।

    यस वर्षको महाशिवरात्रि बुधवार परेको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार