आइतबार, फाल्गुन १८ २०८१    

इस्लाम धर्मावलम्बीको पवित्रता र परोपकारको महान् पर्व रमजान सुरु

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन १८ २०८१
  • इस्लाम धर्मावलम्बीको पवित्रता र परोपकारको महान् पर्व रमजान सुरु

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ ।

    एक महिनासम्म चल्ने यो पवित्रता र परोपकारको महान् पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।

    रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को अजान सुनेर खोल्ने चलन छ।

    निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्।

    उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

    नबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार