आइतबार, फाल्गुन १८ २०८१    
Galaxy Khabar
SKIP THIS

एकैदिन ७५ अंकले बढ्यो सेयर बजार, १४ अर्बको कारोबार

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन १८ २०८१
  • एकैदिन ७५ अंकले बढ्यो सेयर बजार, १४ अर्बको कारोबार

    काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ ।

    गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज पनि उच्च अङ्कले बढेको हो । नेप्से गएको भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो ।

    भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ विन्दुमा थियो । नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । आज बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।

    त्यसपछि आज पहिलोपल्ट कारोबार रकम १४ अर्ब रुपैयाँ नाघेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार