आइतबार, फाल्गुन १८ २०८१    

अमेरिकाले सहयोग रोकेपछि यस वर्षको गैंडा गणना कार्यक्रम प्रभावित

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन १८ २०८१
  • अमेरिकाले सहयोग रोकेपछि यस वर्षको गैंडा गणना कार्यक्रम प्रभावित

    काठमाडौँ । अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआडी) को सहयोग रोकिंदा नेपालमा यस वर्ष गर्ने गैंडा गणना कार्य नै प्रभावित भएको छ ।

    गैंडा गणना कार्य दाताको भरमा मात्रै हुँदै आएकोले युएसएआइडीको सहयोग रोकिएसँगै संकटमा परेको हो । हरेक पाँच–पाँच वर्षमा गरिने गैंडा गणना यो वर्ष चैत ५ गतेदेखि २५ गतेसम्म गर्ने तयारी थियो ।

    गैंडा गन्न चाहिने जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख सबै खर्च युएसएआइडीले बोहोर्ने सहमती थियो । तर सहयोग रोकिएपछि खरिद प्रक्रिया नै स्थगीत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिएका छन् । गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ ।

    युएसएआइडीको जलजङ्गल परियोजनासँगै विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । तर झन्डै ५० लाखका उपकरण किन्ने सहयोग नै रोकिएपछि अरू निकाले पूरा खर्च व्यहोर्न नसक्ने बताएका छन् । चैतपछि गैंडा गन्न नसकिने भएकोले अब कार्यक्रम स्थगीत गर्नुको विकल्प नरहेको आचार्यले बताए ।

    यसपाली गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिंदा बाघ गन्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलले बताए । यस अघि सन् २०२१ मा गैंडा गणना गर्दा नेपालमा सात सय ५२ वटा गैंडा भेटिएका थिए ।
    सन् १९६५ मा सय वटामा झरेको गैंडाको सङ्ख्या त्यसपछिको संरक्षण प्रयासले बढेको हो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार