शुक्रबार, फाल्गुन १६ २०८१    

वीरता जेसीज अब युवराज कुँवरको नेतृत्वमा

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन १६ २०८१
  • वीरता जेसीज अब युवराज कुँवरको नेतृत्वमा

    बिर्तामोड । बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसीसको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदका तीन उम्मेदवारमध्ये अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ ।

    वीरता जेसिसको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसिसको सम्पूर्ण पदमा निर्विरोध  निर्वाचित भएको घोषणा गरिएको हो।

    वीरता जेसिसको संयुक्त सचिवमा सुवास तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज डिक र  तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।

    जेसिसको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था रहेको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार