सोमबार, फाल्गुन १९ २०८१    

रुपन्देही पुगे कांग्रेस सभापति देउवा

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन १९ २०८१
  • रुपन्देही पुगे कांग्रेस सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् ।

    नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन् ।

    देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए ।

    सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार