सोमबार, फाल्गुन १९ २०८१    

फर्किए मनिष झा रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन १९ २०८१
  • फर्किए मनिष झा रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् ।

    आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।

    उनले भने, ‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु,’

    उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार