मंगलबार, फाल्गुन २० २०८१    
Galaxy Khabar
SKIP THIS

बजारमा खाना पकाउने ग्यासको हाहाकार हुने संकेत, ग्यास उद्योगीले दिए कडा चेतावनी

  • GalaxyKhabar

    मंगलबार, फाल्गुन २० २०८१
  • बजारमा खाना पकाउने ग्यासको हाहाकार हुने संकेत, ग्यास उद्योगीले दिए कडा चेतावनी

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच सहमति जुट्न नसक्दा उपभोक्ताहरूले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका छन्।

    सर्वसाधारण उपभोक्ताले भने झन्डै डेढ महिनादेखि सहज रूपमा एलपी ग्यास पाउन नसकेको गुनासो गरेका हुन्।

    धेरै उपभोक्ताहरुले पछिल्ला केही सातायता खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने ठानेका छन् । व्यवसायीहरूले भने त्यसलाई अस्वीकार गर्दै पसलमा आउनासाथ बेच्ने गरेको उनीहरूको दाबी गर्दै आएका छन् ।

    यता संघले आफूले पाउने कमिसन बढाउनुपर्ने लगायत विभिन्न १९ बुँदे मागअघि सार्दै फेरि आन्दोलनको चेतावनी दिएका छन् ।

    सरकारले तोकेको समयसीमा पनि नाफा बढाउने माग सम्बोधन नभएपछि ग्यास उत्पादन नै बन्द गर्नेसम्मका माग राखेर उनीहरु फेरि आन्दोलित भएका हुन् ।

    उद्योगीहरूले कमिशन बढाउनुपर्ने माग गर्दै आएका कारण खाना पकाउने ग्यासको मूल्य बढ्न सक्ने आशामा विक्रेताहरूले कृत्रिम अभाव सिर्जना गरेको धेरैले आशङ्का गरेका छन् ।

    संघले आफ्ना मागहरू सम्बोधन नगरिए आउँदो चैत १ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्रीवितरण बन्द गर्ने र ११ गतेदेखि डिलरहरूबाटै बिक्रीवितरण बन्द गर्ने चेतावनी दिएको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार