
काठमडौं । विगत तीन दिनसम्म स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चारसय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ६८ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार, आइतबार र सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय चालिस रुपैयाँ कायम भएको छ।
सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
