मंगलबार, फाल्गुन २० २०८१    
Galaxy Khabar
SKIP THIS

स्वास्थ्यमन्त्री पौडेल भन्छन्- पाँच सय डाक्टरको दरबन्दी खुलाउन मन्त्रिपरिषदबाट स्वीकृत पाएका छौं

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन २० २०८१
  • स्वास्थ्यमन्त्री पौडेल भन्छन्- पाँच सय डाक्टरको दरबन्दी खुलाउन मन्त्रिपरिषदबाट स्वीकृत पाएका छौं

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा अन्तर्गत पाँच सय चिकित्सकका लागि लोक सेवा खुलाउने गरी दरबन्दीका लागि स्वीकृती पाइसकेको बताएका छन्।

    नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मन्त्रिपरिषदबाट दरबन्दीका लागि स्वीकृत पाइसकेको जानकारी दिएका हुन्।

    उनले भने, ‘स्वास्थ्य सेवा अन्तर्गत एकै पटक पाँच सय डाक्टरका लागि लोकसेवा खोल्ने गरी दरबन्दीका लागि क्याबिनेटबाट ओएनएमको सैद्धान्तिक स्वीकृति गराएका छौँ, यसले स्वास्थ्य क्षेत्रमा केही सुधार ल्याउने विश्वास लिएको छु।’

    कार्यक्रममा मन्त्री पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरे अनुसार नै पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी पनि दिए। चिकित्कसहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गर्दै उनले श्रम ऐनले तोकेको पारिश्रमीक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको बताए।

    चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्ध पनि अघि बढाएको उनको भनाइ थियो।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार