
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
