बुधबार, फाल्गुन २१ २०८१    
Galaxy Khabar
SKIP THIS

को हुन् अमेरिकाले डिपोर्ट गरेर नेपाल ल्याइदिएका आठ नेपाली, अझै कति छन् जोखिममा ?

  • GalaxyKhabar Desk

    बुधबार, फाल्गुन २१ २०८१
  • को हुन् अमेरिकाले डिपोर्ट गरेर नेपाल ल्याइदिएका आठ नेपाली, अझै कति छन् जोखिममा ?

    काठमाडौं । अवैध रुपमा अमेरिका बसेका ८ नेपालीलाई आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड प्रशासनले बुधबार नेपाल फिर्ता गरिदिएको छ ।

    अमेरिकाबाट डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष छन् । डिपोर्ट हुनेहरू २२ वर्षीय युवकदेखि ४७ वर्षीय पुरुषसम्म रहेका छन् । प्रहरी स्रोतका अनुसार सुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर डिपोर्ट भएका हुन् ।

    उनीहरुलाई अध्यागमन विभागले प्रहरीको जिम्मा लगाएको छ । अब प्रहरीले उनीहरूसँग सोधपुछ गर्नेछ ।

    योसँगै प्रहरीले उनीहरूलाई बबरमहलस्थित मानव बेचबिखन तथा अनुसन्धान ब्युरो लगेको छ । प्रहरीका अनुसार उनीहरू कसरी पीडित भए वा ठगिएका पो हुन् कि भनेर सोधपुछपछि खुल्नेछ ।

    ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

    इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्टद्वारा सार्वजनिक तथ्यांक अनुसार १ हजार ३६५ नेपालीहरूले अन्तिम निष्कासन आदेश पाए पनि कुनै कानुनी सुरक्षा नपाएका कारण अमेरिका बसिरहेका छन् । टीपीएस  (टेम्पोररी प्रोटेक्टेड स्टाटस) वा अन्य कुनै कानुनी सुरक्षा नभएका यी व्यक्तिहरू पक्राउ परेमा तुरुन्त निष्कासनको जोखिममा पर्नेछन्।

    हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्कासन आदेश जारी गरिसकेका छन् । तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् ।

    तर, अझै करिब १ हजार ५०० व्यक्ति टीपीएस अन्तर्गत सुरक्षित भए पनि निष्कासन आदेशको अन्तिम सूचीमा छन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार