
काठमाडौँ । राजनधानीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।
प्रदर्शनमा राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु लगाइएको थियो । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको थियो ।
बुधबार दिउँसो बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटीसम्म र्याली आयोजना गरिएको हो। र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायत का नेता तथा कार्यकर्ताहरू सहभागी छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
