बिहिबार, फाल्गुन २२ २०८१    

हृदयघात भएपछि अस्पताल पुगेका पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन २२ २०८१
  • हृदयघात भएपछि अस्पताल पुगेका पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि आज बिहान डिस्चार्ज गरिएको हो ।

    तेस्रो पटक हृदयाघात भएपछि धमनीमा दोस्रोपटक स्टेन्ट राखिएका शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो ।

    वंशाणुगतकै कारण पारसलाई पटकपटक हृदयघात हुने गरेको चिकित्सकको अनुमान छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार