बिहिबार, फाल्गुन २२ २०८१    

भारतमा प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन २२ २०८१
  • भारतमा प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना

    कंग्रेस आईका नेता तथा संघीय संसदको प्रमुख प्रतिपक्षी दलको नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोकेको छ ।

    उत्तर प्रदेशको लखनऊ अदालतले लगातार पेशीका लागि बोलाइए पनि उनी उपस्थित नभएपछि जरिवाना तोकेको हो । साथै उनलाई १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन दिइएको छ ।

    सन् २०२२ मा महाराष्ट्रको अकोलामा वीर सावरकरविरुद्ध विवादित बयान दिएको उनीमाथि आरोप छ । यसबारे गत जुनमा लखनऊ अदालतमा राहुलविरुद्ध रिट दायर भएको थियो ।

    रिटमा राहुलले सावरकरलाई ‘अंग्रेजको नोकर’ र ‘पेन्सन लिनेवाला’ भनेको आरोप छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार