
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को महोत्तरीस्थित पुर्ख्यौली घरमा पुगेका छन् ।
अध्यक्ष दाहालसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।
तराई मधेश जागरण अभियानको क्रममा मेयर साहको पुर्ख्यौली घरमा समेत पुगेका अध्यक्ष प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् ।
हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं ।’
उनले समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको उल्लेख गदैं पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
