शुक्रबार, फाल्गुन २३ २०८१    
Galaxy Khabar
SKIP THIS

युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन २३ २०८१
  • युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक

    काठमाडौँ । युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् ।

    युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ ।

    सबै देशहरूले अनिवार्य रूपमा सेना पठाउनुपर्ने नभएर अरु विभिन्न सहयोग प्रदान गर्न सक्ने वेलायतले जनाएको छ । सेना तैनाथ बाहेक अरु के कस्ता सहयोग हुन सक्छन् भनेर पनि छलफल भइरहेको छ ।

    बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । यसले युक्रेन र रूसबीचको युद्धविराम गर्न र शान्ति कायम राख्न काम गर्ने युरोपेली नेताहरुको विश्वास छ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउँदै आएका छन् ।

    टर्कीले शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।

    रूसले भने युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार