शुक्रबार, फाल्गुन २३ २०८१    
Galaxy Khabar
SKIP THIS

एनआईसी एसिया बैंकको साधारणसभा : अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन २३ २०८१
  • एनआईसी एसिया बैंकको साधारणसभा : अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

    काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

    साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु माथि छलफल गरी स्वीकृत गरेको छ । साथै बैंकले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    त्यस्तै, बैंक सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सम्बन्धित नियामक निकायको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ।

    साधारणसभामा बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य, बैंकका उच्च पदाधिकारी तथा सेयरधनीहरू उपस्थित रहेका थिए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार