
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन र कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने छन् ।
कर्णाली प्रदेश सभाको बैठक आज अपराह्न २ बजे बोलाईएको छ ।
त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
