
काठमाडौं । काठमाडौंको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
बा २ क ६५८० नम्बरको अनियन्त्रित टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा बिहान करिब ३:४० सो बजेको समयमा ठोक्किन पुगेको थियो ।
सो टहरामा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरूको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य सात जनाको अवस्था भने सामान्य छ । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
