शुक्रबार, फाल्गुन २३ २०८१    
Galaxy Khabar
SKIP THIS

दक्षिण कोरियाली राष्ट्रपति युन रिहा

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन २३ २०८१
  • दक्षिण कोरियाली राष्ट्रपति युन रिहा

    काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ ।

    निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उनको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो ।

    सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ‘प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्क संगत छ ।’ ‘प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ’, अदालतले भनेको छ ।

    पूर्व अभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दै संसदमा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो । महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उनीविरूद्ध ‘राज्य विद्रोह’ को आरोपको प्रस्ताव दर्ता गरेका थिए ।

    सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरेपनि अन्ततः जनवरी १५ मा उनलाई हिरासतमा लिइएको थियो ।

    उनले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन् । यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार