शुक्रबार, फाल्गुन २३ २०८१    
Galaxy Khabar
SKIP THIS

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन स्वास्थ्य बीमा प्रभावकारी हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन २३ २०८१
  • स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन स्वास्थ्य बीमा प्रभावकारी हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य सेवामा पहुँच वृद्धि गरे अपांगतामा कमी ल्याउन सकिने स्वास्थ्यमन्त्री प्रदिपकुमार पौडेलले बताएका छन् ।

    कोशिश नेपाल, दलित अपांगता संघ नेपाल र राष्ट्रिय आदिवासी अपांग महिला संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय अपांगता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    सानोतिनो स्वास्थ्य समस्या हुँदैमा व्यक्तिले गुणस्तरीय उपचार सेवा पाउन सके अपांगता हुनबाट बचाउन सक्ने विचार उनले व्यक्त गरे ।

    सरकारले स्वास्थ्य नीति, ऐनको व्यवस्था गरेपनि नीतिसँगै आवश्यक कार्यक्रम र बजेट सँगसँगै तयार गर्न नसक्दा समयमा उपचार नभई अपांगताको अवस्थासम्म पुग्नुपर्ने बाध्यता समेत रहेको मन्त्री पौडेलको भनाइ छ ।

    स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन स्वास्थ्य बीमा प्रभावकारी हुने भएकाले सबै नागरिकका स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको मन्त्री पौडेलले जानकारी दिए ।

     

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार