
काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ ।
बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्याइएको थियो ।
साथै दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उदेश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशीक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
