आइतबार, फाल्गुन २५ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन २५ २०८१
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार