आइतबार, फाल्गुन २५ २०८१    

राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन २५ २०८१
  • राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् ।

    आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् ।

    उनले भने, ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन’।

    जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम नपाल्न उनले पूर्वराजलाई आग्रह गरे । उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रहसमेत गरे ।

    ‘हाम्रो लोकतन्त्र यति उदास छ कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन्’, उनले भने । ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस्’, उनले भने ।

    गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत पूर्वराजालाई चेतावनी दिए ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार