आइतबार, फाल्गुन २५ २०८१    

आजबाट प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशका ३ वटा मैदानमा

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन २५ २०८१
  • आजबाट प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशका ३ वटा मैदानमा

    काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ । लुम्बिनीका तीन विभिन्न स्थानमा खेलहरू सञ्चालन हुनेछन् ।

    राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।

    लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरे भने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरे।

    क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल सञ्चालन हुनेछन् । जसमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेक मैदानमा १५ तथा दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४ खेल हुनेछन् ।

    फाइनल खेल भने सिद्धार्थ रङ्गशालामा हुने जनाइएको छ।

    प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिम सहभागी छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार