
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं फर्किँदै छन् ।
पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन्।
पूर्वराजा शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् ।
उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरिएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी गरेको हो ।
पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी रहेको छ।
यस घटनालाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी स्रोतका अनुसार करिब ६ हजार समर्थकहरू उक्त स्वागत कार्यक्रममा सहभागी हुने सम्भावना रहेको उल्लेख गर्दै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन ‘हाई अलर्ट’ जारी गरिएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
