
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ले दर्शकको निकै राम्रो प्रतिक्रिया पाएको छ ।
‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको बताईएको छ ।
चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेका निर्देशक सशान कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने आशा व्यक्त गरेका छन् । चलचित्र हेर्न भवनमा दर्शकको तछाडमछाड देखिएको छ ।
चलचित्रले युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा समेटेको छ ।
यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, पदम तामाङ, समा पराजुली, रिहान गिरी लगायतको अभिनय छ । यो चलचित्र कलेज तथा होस्टेल जीवनको कथामा आधारित छ ।
दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेका कँडेलले यो चलचित्रको निर्देशन गरेका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
