आइतबार, फाल्गुन २५ २०८१    

पर्याप्त वर्षा नहुँदा काठमाडौँमा आकाश खुलेन

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन २५ २०८१
  • पर्याप्त वर्षा नहुँदा काठमाडौँमा आकाश खुलेन

    काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ ।

    “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” मौसमविद् विनु महर्जनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”

    ‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरका रूपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।

    विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार