सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

देउवाले धनगढी पुगेर भने- राजतन्त्र फर्किने कुरा हल्ला मात्रै हो, खै ! मैले त केही माहोल देखेको छैन

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • देउवाले धनगढी पुगेर भने- राजतन्त्र फर्किने कुरा हल्ला मात्रै हो, खै ! मैले त केही माहोल देखेको छैन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजतन्त्रबारे हल्ला मात्र भएको बताएका छन् ।

    कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै राजतन्त्र फर्कने कुनै संम्भावना नरहेको बताएका हुन् ।

    उनले भने, ‘ खै ! कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’ हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै सभापति देउवाले हिजो काठमाडौंमा केही नभएको समेत उल्लेख गरे ।

    फरक प्रसंगमा उनले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको भन्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार