
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् ।
सोमबार धार्मिक भ्रमणको सिलसिलामा परराष्ट्रमन्त्री राणा भारत प्रस्थान गरेकी हुन् । मन्त्री राणा झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।
मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । त्यसपछि मन्त्री राणा भारतको विदेश मन्त्रालयद्वारा १७ मार्चदेखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणकै क्रममा मन्त्री डा. राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यक्रम छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
