
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
पूर्वराजाको स्वागत र्याली गर्दा फोहोर तथा भौतिक क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
जरिवाना तोकेको दोस्रो दिनै सोमबार राप्रपाले उक्त रकम तिरेको हो ।
‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । रु. एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ’, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
