सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा शुरु

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा शुरु

    काठमाडौैँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा शुरु भएको छ।

    बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा शुरु गरेको हो।

    अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अप्रेसन आरम्भ गरिएको बताए। यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अप्रेसन सेवा उपलब्ध भैरहेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए। सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अप्रेसन बल्ल शुरु गरेको हो।

    अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, उनले भने, विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ। आन्तरिक जनशक्ति र स्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए। दुवै सिफ्टमा हुने अप्रेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए।

    डा गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार