सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री ओली भन्छन् – एउटा जुलुश निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • प्रधानमन्त्री ओली भन्छन् – एउटा जुलुश निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

    सोमबार गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे ।

    राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्षित गर्दै उनले भने,‘एउटा जुलुश निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार