सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

मुलुकमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • मुलुकमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

    पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो संघर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए ।

    सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन् । सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।’

    केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नारा जुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार