मंगलबार, फाल्गुन २७ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री आउने भएपछि खानेपानीको काम रोकेर कोशी प्रदेशसभामा रंगरोगन

  • GalaxyKhabar

    मंगलबार, फाल्गुन २७ २०८१
  • प्रधानमन्त्री आउने भएपछि खानेपानीको काम रोकेर कोशी प्रदेशसभामा रंगरोगन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कोशी प्रदेशसभालाई सम्बोधन गर्न आउने भएपछि प्रदेशसभा नजिकै भइरहेको खानेपानीको पाइप बिछ्याउने काम रोकिएको छ ।

    प्रदेशसभा नजिकै विराटनगरको हस्पिटल हस्पिटल चोकमा खानेपानीको पाइप हाल्न खनिएको नाला प्रधानमन्त्री आउने भएपछि पाइप नहाली हतारहतारमा पुरिएको हो ।

    स्थानीय प्रशासनले ट्राफिक आगमनमा असहज हुने भन्दै पाइप बिछ््याउने काम रोक्न लगाएको स्रोतले जनाएको छ ।

    उता प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि रङरोगन तथा सरसफाइ गरेर प्रदेशसभा र परिसर चिटिक्क बनाइएको हो ।

    मंगलबार दिउँसो २ बजे प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार